यस्तो निष्कर्ष निकाल्दै पूर्वसभामुखहरूको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
5.2K
SHARES

११ जेठ काठमाडौं।आज पूर्वसभामुखहरूले प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको बताएक छन्। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको पूर्व सभामुख ओनसरी घर्तीले बताइन्।

सभामुखले आयोजना गरेको छलफलमा ४ जना पूर्वसभामुख सहभागी भएका थिए। पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने सहभागी थिएनन्। सभामुखसँगको छलफलपछि नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माण गर्न सक्ने बताए।

सभामुख सापकोटाले संविधानविद्हरूसँग पनि परामर्श गर्ने जानकारी गराएका थिए। संसद भवनमा आयोजित छलफलमा पूर्व सभामुख पौडेल, घर्ती र कृष्णबहादुर महरा उपस्थित थिए भने तारानाथ रानाभाट भर्चुअल बैठकमा सहभागी भएका थिए।