उपत्यकामा लकडाउन एक साता थपियो, किराना पसल समेत खोल्न नपाइने


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
7.6K
SHARES

११ जेठ काठमाडौं । अहिले उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।

तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।