कोरोना अपडेट: ८ हजार ६३६ कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
2.9K
SHARES

११ जेठ काठमाडौं । आज कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ  भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।