माधव पक्षहरू एमालेको सिता खाएर देउवाको गीता गाउन थाले – नेता बस्नेत


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १७ २०७८
10.8K
SHARES

१७ जेठ काठमाडौं । अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको आरोप लगाएका छन् ।

युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका असन्तुष्ट झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू ‘एमालेको सिता खाएर शेरबहादुर देउवाको गीता’ गाउन थालेको बताएका हुन् ।  उनले माधवकुमार नेपालहरू हिजो ‘प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्र शाहले बनाएको सरकारमा जान हतारिएको र आज प्रतिगमन भन्दै हिँडेको भन्दै आश्चर्य प्रकट गरे ।

माधवकुमार नेपालहरू कहीँ नपुग्ने उनको ठोकुवा थियो । उनले तत्कालीन माओवादीले जनयुद्धका नाममा अर्बौंको भौतिक संरचना ध्वस्त बनाएको र त्यही कारणले मुलुक पछि परेको बताए ।