जसपालाई २० मन्त्री दिए हुन्छ – नेता रावल


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
3.9K
SHARES

१८ जेठ काठमाडौं । नेकपा (एमाले)बाट कारबाहीमा परेका नेता भीम रावलले मन्त्रिमन्डल विस्तारको चर्चाप्रति कटाक्ष गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुरपक्षीय नेताहरु सरकारमा सहभागी हुने तरखरमा छन् । जसपाले आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्तासाझेदारीको तयारी गरिरहेको छ ।

सोमबार राति ट्विट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लम्पसार’ नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी पाँच मन्त्री आफूसँग राखे हुने बताएका छन् । त्यसो गरे ‘खुसी पार्नुपर्ने शक्ति पनि मक्ख पर्ने’ उनको भनाइ छ ।