घट्दो क्रममा कोरोना , आज ६८ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
4K
SHARES

१८ जेठ काठमाडौं । आज नेपालमा पछिल्लो २४ घण्टामा २० हजार १६५ वटा नमुनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।