एमाले विवाद : ओलीसॅंग शर्त सहित वार्ता हुदैन – नेपाल पक्ष


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
13.3K
SHARES

१९ जेठ काठमाडौं ।अहिले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो पुस्ताका नेताहरू पार्टी जोगाउन दौडधुपमा छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् ।

सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खनाल–नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईबीच झण्डै पाँचघण्टा वार्तालाप भयो । विवाद मिलाएर एकता बचाउने अनौपचारिक समझदारी जुट्यो ।

एक स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कन तयार रहने तर माधवकुमार नेपाल समूहले यसबीचमा गरेका गतिविधि फिर्ता लिएर सार्वजनिकरूपमा आत्मआलोचित हुनुपर्ने ‘शर्त–बन्देज’ अघि सारेका छन् । उनीनिकट नेताहरू यस्तो बताउँदै हिँड्न थालेका छन् ।

तर, झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि केपी ओलीसँग शर्तसहित कुनै वार्ता नहुने बताएको छ ।
“तपाईंहरू प्रष्ट हुनुस् केपी ओलीले एमाले चलाइरहेका छैनन् । एमाले भनेको सर्वोच्च अदालतले २०७५ जेठ २ गते फर्काएको एमाले हो,” एमाले नेता युवराज ज्ञवालीले भने, “ओली पार्टी चलाइरहेका केपी ओलीसँग शर्तसहित संवाद हुन्छ भन्ने भ्रम नपाले हुन्छ ।

यो समूहले विपक्षी गठबन्धनलाई दिएको समर्थन ‘राजनीतिक’ भएको जिकिर गरेको छ । उसले यसबाट कुनै पनि हालतमा फिर्ता नहुने अडान प्रष्ट्याएको छ । “हामीले सोची, विचार गरिकन नै यो निष्कर्षमा पुगेका हौँ ।

यो लहड, प्रतिशोध होइन । यो हाम्रो राजनीतिक कुरा हो । त्यही अनुसार हाम्रो पनि निर्णय आइहाल्छ,” उनले अदालतको फैसलापछि नै नयाँ पार्टी गठन हुने सम्भावना रहेको बताए । केहि साथीहरू लागिराख्नुभएको छ । पार्टी एकता हुने अवस्था आयो भने त राम्रै हो ।