खनाल-नेपाल समूहको केन्द्रिय समितिको बैठक भोलि बस्दै , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
5.4K
SHARES

१९ ज्काठ ठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भर्चुअल बैठक बोलाएको छ ।भोलि बिहान ११ बजे केन्द्रीय सदस्यहरू, स्थायी कमिटी सदस्यहरुको भर्चुअल  छलफल तय भएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए ।

उक्त समूहको आज भएकाे विद्याथीहरूको भेलामा नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए । एमालेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ जनालाई कारबाही गरेको छ ।

नेताहरूले पार्टी एकताका लागि अन्तिम प्रयत्न गरिरहेको बताएका छन् । भोलि नेताहरुले पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।