नेपाल पक्षको बैठक जारी , को-को सहभागि भए ?
२० जेठ काठमाडौं । अहिले नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कोरोना महामारीका कारण बैठक अहिले भर्चुअल रुपमा बसिरहेको एक नेताले जानकारी दिए साथै को – को सहभागि रहेको भन्ने पछि बताउने उनले भने ।
एमालेको मूल नेतृत्वले भने खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको थियो । आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । उक्त बैठक हिजो बस्ने तय भए पनि सारिएको थियो ।