हामीलाई बिदा दिनुहोस् , क्रान्तिको नेतृत्व यूवाले गर्नुहोस् – नेता खनाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
6.7K
SHARES

२० जेठ काठमाडौं ।आज नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता झलनाथ खनालले पार्टीका पहिलो पुस्ताका नेतालाई बिदा दिन आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरूले आयोजना गरेको भर्चुअल भेलामा विश्व कम्युनिस्ट आन्दोलनको उदाहरण दिँदै उनले युवा पुस्तालाई क्रान्तिको नेतृत्व लिन आग्रह गरेका हुन् ।

“हामी बुढा पनि भयौँ । तपाईंहरू आराम गर्नुस् भन्नुहुन्छ भने हामी तयार छौँ । तपाईंहरूले भन्नु पनि पर्छ,” खनालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “विश्व कम्युनिस्ट जसरी युवा पुस्ताले आँट, साहस गरे र क्रान्तिलाई अघि बढाए, अब तपाईंहरूले पनि आँट गर्नुपर्छ ।

तपाईंहरू भन्नुहुन्छ भने हामी अझै केही समय लतारिन तयार त छौँ तर अब तपाईंहरूले नै आँट गर्नुपर्छ ।”