यस्तो निष्कर्ष निकाल्दै माधव पक्षको स्थायी कमिटि बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
5.5K
SHARES

२२ जेठ काठमाडौं ।आज सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट समूह (खनाल–नेपाल पक्ष)ले नयाँ पार्टी गठन गर्न अदालतको फैसला कुर्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले नयाँ आन्दोलन विकास गर्न अहिले नै हतारिन नहुने निष्कर्षमा पुगिएको एक नेताले बताए ।

“यसबीचमा हामीले एकता प्रयास पनि जारी राख्यौँ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको रवैया जारी राख्नुभयो । कार्यदल बनेर छलफलको प्रारम्भ हुँदा नहुँदै संसद् विघटनतिर जानुभयो,” स्थायी कमिटीको निष्कर्ष सुनाउँदै एक स्थायी कमिटी सदस्यले भने, “ओलीका क्रियाकलाप पार्टी विरोधी, एकता विरोधी, जनविरोधी छन् ।

उनले आफ्ना त्रुटि, प्रतिगमनकारी क्रियाकलाप नसच्याइ उनीसँग सार्थक वार्ता सम्भव छैन । तर, हामी अहिले नै पार्टी दर्ता गरिहाल्ने अवस्थामा पनि छैनौँ ।”अदालतमा मुद्दा विचाराधीन रहेकाले र एमालेको सांसदको हैसियतले विषय अदालतमा पुगेकाले अहिलै पार्टी खोल्ने निष्कर्षमा नपुगिएको एक स्थायी कमिटी सदस्य बताउँछन् । “तर, हामी आन्तरिक तयारी जारी राख्छौँ । वार्ता, संवादमा रहेका साथीहरूले एकताको प्रयास पनि गर्नुहुन्छ ।