प्रधानमन्त्रीले सक्नेजति गर्छु भन्नुभएको छ – अध्यक्ष ठाकुर
२२ जेठ काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गर्न सक्नेजति गर्छु भनेर विश्वास दिलाएको बताएका छन् ।
पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरू बधाई दिँदै उनले प्रधानमन्त्री ओलीले आफ्ना मागहरु पूरा गर्न थालेपछि सरकारमा गएको पनि बताए ।
हाम्रो माग र मुद्दाको प्रोसेस अघि बढेपछि सरकारमा जाने भन्यौँ । जब उहाँले काम गर्न सुरु गर्नुभयो, हामीलाई विश्वास पनि लागेको छ । उहाँले म सक्नेजति गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” उनले भने ।