पार्टी एकताको लागि अध्यक्ष ओलीद्धारा ६ बुँदा प्रस्ताव , होला त नेपालसॅंग एकता ?
२३ जेठ काठमाडै । आद पार्टी एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गतेमा फर्किने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले एकताका लागि ६ बुँदे प्रस्ताव राख्दै जेठ २ मा फर्किन तयार रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री माधव नेपाल पक्षले पार्टीभित्रको समस्या समाधानका लागि यो माग प्रमुख रुपमा उठाउँदै आएका थिए ।
‘नेकपा एमालेलाई २०७५ जेठ ३ को पूर्ववत्: अवस्थामा अघि बढाइने छ’ प्रस्तावमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु मध्ये एकताको पक्षामा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछ ।’

