मुलुकप्रति गम्भीर घात हुन लागेको छ , त्यो सूचना मलाई आएको छ – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २४ २०७८
11.6K
SHARES

२४ जेठ काठमाडौं । आद जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद‍् अध्यक्ष बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको बताएका छन् ।

एक टेलिभिजन अन्तवार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराइले आफूले पाएको सूचनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत जानकारी गराएको बताए ।

पाँच पुसदेखि जेठ ८ गते देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार मध्यरातसम्मका परिघटना भएको भट्टराईले दाबी गरेका छन् । तर त्यो सूचना के हो भन्नेबारे भने उनले केही खुलाएनन् ।

समय आएपछि मात्रै खुलाउने बताउदै नेता भट्टराईले अहिले नै बेला नभएको जिकिर गरे । वैशाख १३ गतेको मध्यरातमा घटेको एउटा घटनाले देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानमाथि घात हुने आशंका देखिएको उनले बताए ।

‘यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे उल्लेख गरे । सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको भनाई छ ।