कि एकतामा आउॅं , नत्र बाक्लो दाल खाऊ – नेता बास्कोटा
२४ जेठ काठमाडौ । आज नेकपा एमालेका नेता गोकुल अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव ‘लास्ट’ भएकाले विचार गर्न माधव नेपाल पक्षलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ २ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्षसमक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।
यस विषयमा दुवै पक्षका नेताहरूबाट धारणा आइरहेका छन् । यसै क्रममा पूर्वसञ्चारमन्त्री बास्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आआफ्ना बाटा लाग्नुपर्ने आशय व्यक्त गरेका हुन् ।
‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ बिदा के गर्नु ! आफ्नै हुन माया लाग्छ,’ सोमबार बिहान बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काव्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बूढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास ! पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ ।’