प्रधानमन्त्री ओलीले एकता नगर्ने शंखघोष गरे – नेता भुसाल
२४ जेठ काठमाडौं । अहिले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले एकता नगर्ने शंखघोष गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव राख्दै ससर्त जेठ ३ मा फर्कन तत्पर रहेको बताएका थिए ।नेता भुसालले क्यापिटलहेडलाइनलॅंग कुरा गर्दै अध्यक्ष ओलीले औपचारिकरूपमा जेठ ३ मा नफर्कने घोषणा गरेको र यसले उनी पार्टी एकता चाहँदैनन् भन्ने प्रष्ट भएको बताएका छन् ।
उहाँले नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताउनुभएको छ । त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने शर्त राख्नुभएको छ,” उनी प्रस्ताव केलाउँदै विवेचना गर्छन्, “त्यो भनेको जेठ २ का फर्कन्न र जेठ २ लाई आधार बनाएर पार्टी एकता गर्दिन भनेको हो ।