एमाले विवाद : ओली र नेपाल पक्षबीच भिडन्त, सचिव र मन्त्रीबीच ‘कुटाकुट”


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
5.4K
SHARES

२५ जेठ काठमाडौं । अहिलि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै हात हालाहाल भएको छ।

सोमबार बेलुका दुवैले एकअर्कालाई कुटपिट गरिएको आरोप लगाएका हुन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रावलले मन्त्री सोडारीले उनको कार्यकक्षभित्रै आफूलाई हातपात गरेको आरोप लगाएका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएको थिएँ,’ रावलले भने, ‘मन्त्री एक्कासि आक्रमण गर्न आउनुभयो। मेरो कठालो समातेर दुव्र्यवहार गर्नुभयो।’ आफूसँग भएका अन्य पत्रसमेत मन्त्री सोडारीले च्यातिदिएको उनको आरोप छ।

यस्तै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पनि आफ्ना सचिव रावललाई हातपात गरिएको भन्दै मन्त्री सोडारीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन्। उता मन्त्री सोडारीले भने आफूले हातपात नगरेको दाबी गर्दै बरु रावलले चाहिँ आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन्।