ओलीको प्रस्ताव एकता भाँड्नको लागि आएको हो – नेता खतिवडा
२५ जेठ काठमाडौं।अहिले नेकपा (एमाले) का प्रभावशाली नेता विरोध खतिवडाले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्ताव एकताको लागि भन्दापनि एकता भाँड्नको लागि आएको बताएका छन्।
सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन्।
ओलीले के कारणले अहिले आएर पार्टी एकताको लागि आह्वान गरेको भन्दै प्रश्न उठाए। नेता खतिवडाले आफ्नो पार्टीका १ सय २१ जना सांसदलाई छोडेर प्रधानमन्त्री ओली राजेन्द्र महतोको घरमा बिहान र बेलुका चाकडी गर्न जाने ? भन्दै प्रश्न गरे।
नेता खतिवडाले भने, ‘संविधान जलाउनेलाई मन्त्रिमण्डल बनाउने ? रक्सौलको वीरगन्ज, पारीबाट ढुंगा हान्नेलाई सरकारमा लैजाने ? मेरो प्रधानमन्त्री त यति निरीह, मलाई त माया लागेर आउँछ हेर्नुहोस, दुई तिहाईको प्रधानमन्त्री, पार्लियामेन्टमा छाती फूलाएर हिँड्नुहुन्थ्यो, मलाई पनि गर्व लाग्थ्यो । अहिले हुँदाहुँद मत माग्न जाँदा ९३ जना।’