अहिले यस्तो अवस्थामा नेता बामदेव गौतम


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
13.7K
SHARES

२५ जेठ काठमाडौ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहको माग बमोजिम पार्टीलाई पुरानै अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेपछि एमालेभित्रको विवाद समाधान हुने विन्दुमा पुगेको छ।

अध्यक्ष ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काउने घोषणा गरेपनि माधव नेपाल समूहले त्यसको बारेमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। माधव नेपाल पक्षीय युवा नेता योगेश भट्टराईले भने ओलीको प्रस्तावलाई स्वागत गरेका छन्।

पार्टी एकताका लागि अभियान नै संचालन गरेका नेता बामदेव गौतमले भने पार्टीलाई पुरानै अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणाका बारेमा कुनै टिप्पणी गरेका छैनन्। गौतम अझै पर्ख र हेर को नीतिमा रहेका छन्।

‘अहिले यो विषय उहाँ अध्ययन गर्दै हुनुहुनछ,’ गौतममा प्रेस सल्लाहकार विश्वमणि सुवेदीले डिसी नेपालसँग भने, ‘उहाँ पार्टी एकताको पक्षधर हो। अध्यक्षको प्रस्ताव कति इमान्दार तरिकाले आएको हो भन्ने विषयमा उहाँ अध्ययन गर्दैहुनुहुन्छ।’

यो विषयमा केही दिनभित्रै गौतमले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ। यद्यपी माधव नेपाल समूहले मुख्य माग पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्ने थियो। सो मागमा ओलीले सकारात्मक जवाफ दिएपछि एमालेभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको छ।