एमाले विभाजनको संघारमा रहेको बेला नेता बास्कोटाले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
5.5K
SHARES

२५ जेठ काठमाडौ । अहिले नेकपा एमालेका स्थायी समिति सदस्य गोकुल बास्कोटाले एमालेबाट १० जेठमा निकालिएका वरिष्ठ नेता माधव नेपाल पक्षलाई ‘खरानी’ समूहको संज्ञा दिएका छन् । नेता बास्कोटाले फेसबुक पेजमार्फत नेपाल पक्षीय नेताहरूलाई यस्तो आक्षेप लगाएका हुन् ।

‘विधि, पद्धति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के-के हो के-के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई,’ बास्कोटाले लेखेका छन्, ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना !