स्वास्थ्यमन्त्रीले बुझाए सम्पति विवरण , के कति रहेछ सम्पति ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८
9.1K
SHARES

२७ जेठ काठमाडौ । अहिले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । तामाङको काठमाडौं, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १४ ठाउँमा २० रोपनी भन्दा बढी जग्गा रहेको पाइएको छ ।

मन्त्री तामाङले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोक र काठमाडौंका चार ठाउँमा र श्रीमती उषाकला राईको नाममा ११ ठाउँमा जग्गा रहेको छ ।

तामाङको नाममा रहेको काठमाडौं र सिन्धुपाल्चोकको जग्गाको स्रोत अंश र पुख्र्यौली भनिएको छ भने राईको खोटाङमा रहेको जग्गाको स्रोत पुख्र्यौली भनिएको छ । बाँकी ठाउँको जग्गा प्राप्तिको स्रोत खुलाइएको छैन् ।

यस्तै स्वास्थ्यमन्त्री तामाङले बुझाएको सम्पति विवरणमा २२ तोला सुन रहेको छ । यो सुन पुख्र्यौली र केही खरिद रहेको तामाङले बुझाएको विवरणमा उल्लेख छ ।

यस्तै तीनवटा बैकमा रहेको खातामा तामाङ र श्रीमती राईको ३ लाख २७ हजार ३५० रुपैयाँ नगर रहेको छ । यस्तै कम्पनीको शेयर, ऋणको विवरणसमेत तामाङको नाममा छ । त्यस्तै सवारी साधनमा एउटा मोटरसाइकल र एउटा कार रहेको छ । अन्य विवरणमा तीन थान ल्यापटप र तीन वटा मोबाइल रहेको छ ।