बत्ति बाल्दा यी कुरामा ध्यान दिनुहोस्


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
17.9K
SHARES

२६ असार काठमाडौ । दिप बाल्दा घरमा नकारात्मक उर्जा नष्ट हुने र सकारात्मक उर्जाले प्रवेस गर्ने शास्त्रमा उल्लेख छ। दिप बाल्दा देवी देवता पनि प्रसन्न हुने र सबै नराम्रो शक्ति हटेर जाने विश्वास गरिदै आइएको छ।

तपाई हरेक दिन घरमा पुजा गर्दा दिप त बाल्नुहुन्छ तर दिप बाल्ने तरिकाका बारेमा थाहा नहुन सक्छ। जसका कारण तपाईलाई फल प्राप्त हुनुको साटो नोक्सान मिल्ने गर्दछ।

त्यसैले आज हामीले तपाईलाई दिप बाल्दा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।

दिप बाल्दा ध्यान दिनुहोस् यी कुरा

१) जब तपाई आफ्नो घरमा पुजा गर्नुहुन्छ र पुजा गर्दा घयूको दियो बाल्नुहुन्छ भने यसलाई आफ्नो बाँया हातले र यदी तपाईले तेजको दियो बाल्नुहुन्छ भने दायाँ हालते बाल्नुहोस्। दिप बाल्ने यो निकै उत्तम उपाय हो।

२) यदी तपाई दिप बाल्नुहुन्छ भने यो कुराको ध्यान राख्न चाहियो की पुजामा टुटे फुटेका दिपको प्रयोग नगर्नुहोस्। यसलाई निकै अशुभ मानिने गरिन्छ। तपाईले चुडिएको वा टुटे फुटेको दियो बाल्नुभयो भने यसको परिणाम निकै नराम्रो आउने गर्दछ।

३) जब तपाई आफ्नो घरमा दियो बाल्नु हुन्छ भने तपाईले दियोलाई जहिले पनि भगवानको प्रतिमाको अगाडि राख्नुहोस्। भूलेर पनि यता उता दिप नबाल्नुहोस्, यसलाई अशुभ मानिने गरिन्छ।

४) यदी तपाई आफ्नो घरमा पुजा गरिरहनु भएको छ भने जब सम्म पुजा सम्पन्न हुदैन् तबसम्म दियोलाई निभ्न दिनु हुँदैन्। यसलाई अशुभ मानिने गरिन्छ।

५) यदी तपाई घयूको दियो बाल्नुहुन्छ भने त्यसमा सेतो रंगको कपास प्रयोग गर्नुहोस् र तेलको दियो बाल्नुहुन्छ भने बत्तिलाई रातो बनाएर बाल्नुहोस्। यसलाई निकै शुभ मानिने गरिन्छ।