सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
3.9K
SHARES

२० साउन काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको छ। कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत बिक्री खुल्ला गरेको हो ।

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो । ।

यो आईपीओ साउन २४ गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीले आईपीओ बिक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।बिक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।