सौर्य एयरलाइन्सको दुईवटै जहाज सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
3.6K
SHARES

काठमाडौं । सौर्य एयरलाइन्सले बुधबारदेखि दुईवटा जहाज सञ्चालनमा ल्याएको छ । एउटा जहाजबाट सेवा दिँदै आएको कम्पनीले बुधबारदेखि थप अर्को जहाजबाट पनि सेवा सुरु गरेको हो ।

कम्पनीले ९ एनएएलई र ९ एनएएलएम कलसाइन भएका दुईवटा जहाजबाट दैनिक पाँच उडान गर्ने कम्पनीका सेल्स प्रमुख मुकेश खनालले बताए ।

कम्पनीले विराटनगर, भद्रपुर र भैरहवा उडान गरिरहेको छ । दैनिक आठवटा उडान अनुमति पाएको कम्पनीले हाल दैनिक पाँच उडान गरिरहेको छ । सौर्यले विराटनगर र भैरहवा दुई/दुईवटा उडान गर्नेछ भने भद्रपुर एक उडान गर्नेछ ।

यस्तै, नेपालगन्ज र धनगढीमा पनि दुई साताभित्र उडान सुरु गर्ने खनालले जानकारी दिए ।

कोभिड–१९ पछि एउटा जहाजबाट सेवा दिएको सौर्यले क्रमिक रुपमा जहाज थप्दै गइरहेको छ । कम्पनीको तेस्रो जहाज पनि आउँदो दुई महिनाभित्र सञ्चालनमा आउने उनले बताए ।