आजदेखि काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा दिइँदै ( हेर्नुहोस सूची )


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
3.7K
SHARES

४ भदौ काठमाडौं । काठमाडौंमा आजदेखि ४० वर्ष माथिको उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ ।

त्यसैगरी १८ वर्ष पूरा भएका कक्षा १२ र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई पनि भेरोसेलको पहिलो मात्राको खोप लगाइँदै छ ।

भदौ ४, ५ र ८ गते मंगलबार तीन दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने कार्यतालिका काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ ।

महानगरपालिकाका ३२ वटै वडाहरुमा खोप केन्द्र तोकिएको छ । खोप लगाउनका लागि थप खोप केन्द्रहरु पनि तोकिएका छन । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, निजामति कर्मचारी (सिभिल) अस्पताल बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र बीरेन्द्र सैनिक अस्पताल छाउनी रहेका छन ।

महानगरपालिकाले नजिकका वडा तथा अस्पतालमा रहेका खोप केन्द्रहरुमा गइ खोप लगाउन अनुरोध गरेको छ । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको छ ।