प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता , यस्तो छ एजेण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
7.8K
SHARES

१७ भदौ काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बताइएकाे छ ।

कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे यसअघि नै निर्णय भैसकेको भए पनि कुन–कुन मन्त्रालय कसको भागमा पर्ने भन्नेबारे औपचारिक निर्णय भैसकेको छैन ।

देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सर्वत्र आलोचना चुलिएको छ ।