२३ गते सम्म मन्त्रीपरिषद् विस्तार हुँदैन – अध्यक्ष नेपाल
१७ भदौ काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार नहुने स्पष्ट पारेका छन् । नेपालले उपयुक्त समयमा गठबन्धनका नेताहरुबीच मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने बताए । २२÷२३ गते सम्म कसैले चुईक्क पनि बोल्ने छैनन, नेपालले भने ।
मन्त्रीपरिषद् विस्तारमा २२ गते पछि मात्रै गरिनुको पछाडीको मुख्य कारण माधव नेपाल र उपेन्द्र यादवको पार्टी रहेको बताईएको छ । २२ भदौ सम्म निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समय मुख्य देखिन्छ ।
२२ गते सम्म प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने भनिएको र त्यो अघि नै मन्त्री बनाउदा असन्तुष्ट हुने नेताले तल जनप्रतिनिहरुलाई प्रभावित पार्न सक्ने भय नेताहरुमा रहेको स्रोतको दाबी छ ।
उनले केपी ओलीको भ्रममा नपर्न पार्टीका जनप्रतिनिधिहरुलाई आव्हान गरे ।