शेयर बजारमा निरन्तर पहिरो


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
4.6K
SHARES

१७ भदौ  काठमाडौं । आज शेयर बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । ५०.१३ अंकले घटेर २ हजार ९२६ दशमलव ८९ विन्दुमा झरेको छ । २ हजार ९७६ दशमलव १८ विन्दुदेखि खुला भएको बिहीवारको बजार २ हजार ९९३ विन्दुसम्म पुगेको थियो । यो दिन नेप्से परिसूचक २ हजार ९१६ विन्दुसम्म झरेको थियो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ६२ प्रतिशत अर्थात् ८ दशमलव ९० अंकले घटेर ५४१ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज कारोबार रकममा पनि कमी आएको छ । आज ९ अर्ब ५० करोड ५९ लाख ७० हजारको कारोबार भएको छ ।

कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण भ्याली हाइड्रोपावरले ओगटेको छ । उक्त कम्पनीको ५७ करोड ४० लाख १२ हजार बराबरको ८ लाख १० हजार २९९ कित्ता शेयर कारोबार भएको हो ।
सानिमा लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ४५ दशमलव ७० ले बढेर अन्तिम मूल्य रू ५०३ पुगेको छ । बिहीवार नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ६ दशमलव ८७ प्रतिशतले घटेको छ ।
कर्पोरेट डेभलपमेण्ट बैंकको ६ दशमलव ४८ प्रतिशत र अरुण काबेली पावरको ६ दशमलव शून्य ९ प्रतिशत शेयरमूल्य घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् ।