सनराइज बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
8.5K
SHARES

२३ भदौ काठमाडौं । सनराइज बैक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको जम्मा एक लाख २२ हजार २८७ कित्ता शेयर प्रति कित्ता न्युनतम मूल्य ४२१.६३ रुपैयाँमा बिक्री गर्ने  निर्णय गरेको  हो ।

उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले मिति २०७८/०६/०१ गते भित्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा पुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने जनाइ गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर जोड्दा बीमा समितिले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने गरी अधिकत्तम एक लाख २२ हजार २७८ कित्ताका लागि आवेदन दिन सकिने छ ।