कांग्रेसले यी ८ जिल्लाको सदस्यता विवाद टुङ्ग्यायो
२९ भदौ काठमाडौं । नेपाली कांग्रेसले ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने चौधरीले बताए ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।