प्रतिनिधिसभाबाट पारित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८
4.7K
SHARES

८ असोज काठमाडौं । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक शुक्रबार राष्ट्रियसभाले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रियसभामा पठाइएको आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफलका लागि यही असोज ११ गतेको समय तोकेका छन् । असोज ११ गते बिहान ११ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ ।

नेकपा (एमाले)का राष्ट्रियसभा सदस्यहरूले भने आसनमा उठेर विरोध जनाएका थिए । एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ले कारबाही नगरेको भन्दै एमाले सांसदले संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेका छन् ।