हिमालयन बैंकका अध्यक्षले लिए शपथ


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८
4K
SHARES

१९ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका नव नियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहणपछि उनले मंगलबार नै अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई २०७८ साल असोज १३ गतेको सञ्चालन समितिको बैठकले अध्यक्ष चयन गरेको थियो ।श्रेष्ठ १९ वर्षदेखि हिमालयन बैंकको सञ्चालक समितिका सदस्य थिए ।