सन्राइज बैंकका ग्राहकहरुलाई KFC र Pizza Hut मा विशेष छुट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८
8.8K
SHARES

५ कार्तिक काठमाडौ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं जाने क्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि.सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रअनुसारमा ग्राहकहरुलार्ई विशेष छुट दिने जनाएको छ । बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि.को तर्फबाट नायब महाप्रबन्धक (वित्त बिभाग) रितु राज शाहले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले प्ँऋ र एष्शशब ज्गत मा खाना र बेबरेजको खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले  KFC र Pizza Hut को उपत्यकाभित्र / बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।