यस कारण भोलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
९ पुस काठमाडौं। सरकारले भाेलि (शनिवार) सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। क्रिश्चियन धर्मालम्वीहरुकाे चाड क्रिसमस डेको अवसरमा सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।