१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
9.9K
SHARES

१४ पुस काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि आज विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।