माओवादीको स्थायी कमिटी बैठक सुरु , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १५ २०७८
6.7K
SHARES

१५ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । ८औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २५ समूहले रिपोर्टिङ प्रस्तुत गरेलगत्तै स्थायी कमिटी बैठक बसेको हो ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । माओवादीको महाधिवेशन अन्तर्गत शुक्रबार प्रचण्डले प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिनेछन् ।