प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १६ २०७८
9.6K
SHARES

१६ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।  प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए ।

आजको बन्दसत्र  दिउँसो १ बजेबाट हुनेछ । निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुसासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।