यस कारण प्रतिनिधि सभाको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
8K
SHARES

१८ पुस काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले बतायो ।

 माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।