नेपाली सेनामा जागिर खुल्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
8.7K
SHARES

१८ पुस काठमाडौं। नेपाली सेनाले रिक्त रहेको २२९ जना अधिकृत क्याडेट पदका लागि विज्ञापन खोलेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै भर्ना खोलेको जनाएको हो।

उक्त पदका लागि आज अर्थात पुस १८ गतेदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद निर्धारण गरिएको छ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ।

नयाँ खोलिएको विज्ञापनमा १२० जना, कर्तव्य पालनाको सिलसिलामा ज्यान गएका सैनिकका परिवारका लागि ६, महिला २१, आदिबासी जनजाती ३३, मधेसी २९, दलित १५ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग भएको छ।शैक्षिक योग्यताका हकमा प्रमाणपत्र तह उत्तिर्णका लागि २१ बर्ष ननाघेको र स्नातक तह उत्तिर्णका लागि २४ बर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ।