मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
10.8K
SHARES

१८ पुस पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा आज बिहान बस दुर्घटनामा परेको हो । लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बसमा कम्तिमा पनि ३५ जना मलामी सवार रहेको बताइएको छ । बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

राससका अनुसार बस बुटबलदेखि रिडितर्फ गइरहेको थियो ।  लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।