निर्मला हत्याकाण्ड : यी नागरिकमाथि सोधपुछ


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
10.3K
SHARES

१९ पुस कञ्चनपुर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरि अनुसन्धान थालेको छ।

घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले ती मध्येका एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको हो। यद्यपि, बलात्कार तथा हत्या घटनामा उनी संलग्न रहेरनरहेको पुष्टि भएको छैन।

नियमित अनुसन्धानको प्रक्रिया अन्तर्गत उनी निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ। २०७५ साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।