वर्षमान पुन डिस्चार्ज
२० पुस काठमाडौं । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा जन्डिसको उपचार गराइरहेका माओवादी केन्द्रका नेता वर्षमान पुन आज डिस्चार्ज हुने भएका छन् । स्वथ्यमा सुधार भएपछि उनी आज डिस्चार्ज हुन लागेको हो ।
उनी बैंकक र चीनमा गरि ९८ दिन लामो उपचारपछि आज अपरान्ह थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज हुँदै छन । उनको आजै डिस्चार्ज हुने भएपनि ३ दिनपछि मात्र नेपाल आउँने छन् । स्वास्थ्यमा केही सुधार हुन थालेदेखिनै उनले चीनका कम्युनिष्ट पार्टीको नेताहरु तथा चीनका लागि नेपाली राजदुतलगायतहरुसँग भेटघाट गर्न थालेका छन् ।