भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २५ २०७८
5K
SHARES

२५ पुस काठमाडौ  । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ ।

आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।

आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ ।

आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँचरचेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।