फियान नेपालको अध्यक्षमा रुपाखेती


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १ २०७८
9.2K
SHARES

१ माघ काठमाडौँ। खाध्य अधिकार , खाध्य सम्प्रभुता को क्षेत्रमा राष्ट्रिय स्तरमा निति वकालत र पैरवि गर्ने संस्था फियान नेपालको आज सम्पन्न अधिवेशन बाट सामाजिक अभियन्ता गोकर्ण रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन्।

कार्यसमितिको उपाध्यक्षमा इन्दिरा शकर , महासचिवमा राम बहादुर पुन,सचिवमा मदन जिशि,कोषाध्यक्षमा होमा डिसि लगायत ९ सदस्ययी कार्यसमिति चयन भएकाे छन् ।

सरकारको दिगो विकास लक्ष्य को क्षेत्र न २ लाइ पुरा गर्न को लागि फियानले बिभिन्न गतिविधिहरु मार्फत प्रत्यक्ष रुपमा योगदान पुर्याउदै आएको छ। राष्ट्रिय स्तरमा खाध्य अधिकारको क्षेत्रमा कार्य गर्ने एक ससक्त संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न यस संस्था सफल भएको छ।