यस कारण भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ३ २०७८
3.9K
SHARES

३ पुस जनकपुरधाम । नाम र राजधानी तोक्न सफल भएपछि मधेस सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र रजाधानी जनकपुरधाम तय भएको खुसीयालीमा सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिए । आज झण्डै चार वर्षपछि प्रदेशले स्थायी राजधानी र नाम पाएको हो ।