घर बाहिर निस्कँदा खोपकार्ड अनिवार्य


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ७ २०७८
7.8K
SHARES

७ माघ काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ।काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ।

खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ। शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ।