राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ १० २०७८
8K
SHARES
१० माघ काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन । उमेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट