जन्ती जीप दुर्घटना हुदा ६ को मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २२ २०७८
3.9K
SHARES

२२माघ प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाको ज्यान गएको छ । मृतक पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

जीप सडकदेखि खोल्सामा खसेको थियो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।