प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते
८ फागुन काठमाडौं । प्रतिनिधिसभाको बैठक यही फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल भएसँगै बैठक फागुन १२ गते १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदले अवरोध गरेका थिए ।
एमसीसी सम्झौता संसद्को कार्यसूचीमा राखिएकोप्रति सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले पनि विरोध गरेको थियो । त्यस्तै, एमालेका सांसद भीम रावल र नेमकिपाका सांसद प्रेम सुवालले पनि एमसीसी टेबल गर्न नहुने बताएका थिए ।