यो चुनावले ओलीका तिखा दारा नंग्रा भाच्नु अनिवार्य – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९
7K
SHARES

१० वैशाख काठमाडौ । आज कमल गाँउकमिटिद्वारा आयोजित प्रशिक्षण तथा शहिद,बेपत्ता,घाईते तथा जेष्ट कम्युनिष्ट सम्मान कार्यक्रममा सम्पन्न भएको छ । उक्त कार्यक्रमा बोल्दै नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सदस्य रंजित तामांगले यो चुनावले ओलीका तिखा दारा नंग्रा भाच्नु अनिवार्य भएको बताएका छन ।

उनले भने यो ब्यवस्था बिरुद्ध टाउको उठाउन खोजेको पश्चगमनलाई परास्त गर्न गठबन्धन चुनावी मैदानमा शशक्त रुपमा उभिएको हो । माओबादी-एमाले प्रतिशपर्धा सक्कली कम्युनिष्ट र नक्कली कम्युनिष्ट,सक्कली समाजवादी र नक्कली समाजवादी बिचको भिडन्त हो ।

ओली प्रबृत्तिको पराजय नै देशको चाहना हो ।सहिद परिवार,बेपत्ता,घाईते,अपांग,पुर्व जनमुक्ति सेना,पार्टी कार्यकर्ता मुखी पार्टी कार्यदिशाले मात्र पार्टी देशको पुन पहिलो शक्ति बन्दछ । शान्ति प्रकृयाका बाकी कार्यभार पुरा गर्न,बिभिन्न आयोगको प्रतिबेदन सार्वजनिक गर्न र जनयुद्धका क्रममा राज्य द्वारा हत्या गरिएका शहिदहरुलाई राज्यले शहीदको मान्यता नदिदा सम्म फरक अर्थको जनयुद्ध जारी रहने छ उनले भने ।